एमाले ताप्लेजुङका नेताहरू साम्सोहाङ र पोमूमाथिको कारबाही फुकुवा

छानबिन न्यूज
पाठक संख्या 45
1 Min Read
Oplus_16908288

१२ माघ,ताप्लेजुङ ।  नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङका दुई प्रभावशाली नेताहरू, पूर्वमन्त्री एवं प्रदेश सल्लाहकार सदस्य बलबहादुर साम्सोहाङ र प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमूमाथि गरिएको कारबाही पुस ९ गतेदेखि लागू हुने गरी फुकुवा गरेको छ ।

गत मंसिर ११ गते स्पष्टीकरण सोध्दै अनुशासनको कारबाहीमा परेका यी नेताहरूलाई कारबाही मुक्त गरिएको जानकारी प्रदेश कमिटीले केन्द्रीय संगठन विभाग र जिल्ला कमिटीलाई समेत गराइसकेको छ ।

एमाले ताप्लेजुङका पूर्वअध्यक्ष साम्सोहाङ र पूर्वउपसचिव पोमूमाथिको कारबाही हटेसँगै जिल्लाको साङ्गठनिक किचलो अन्त्य भई आगामी निर्वाचनमा पार्टी ढिक्का भएर लाग्ने संकेत देखिएको छ ।

कारबाही फुकुवा भएपछि नेता पोमूले सामाजिक सञ्जालमार्फत राजनीतिक यात्रामा उतारचढाव स्वभाविक भएको बताउँदै पार्टीको नीति, विचार र न्यायको पक्षमा सतिसाल झैँ उभिने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रतिक्रिया
शेयर