नेपाल प्रहरीका आठ डीआईजीको सरुवा: को कहाँ पुगे?

छानबिन न्यूज
पाठक संख्या 263
1 Min Read
Oplus_16908288

५ माघ,काठमाण्डाैं ।  नेपाल प्रहरीका आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले गरेको निर्णयअनुसार डीआईजी दिपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, भुपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) लाजिम्पाट, माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ।

त्यसैगरी, अरुण पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, जयराज सापकोटालाई कर्णाली प्रदेशमा, दिनेश कुमार आचार्यलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र दिपक रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया
शेयर