कालीकोटको शुभकालिकामा जीप दुर्घटना: तीन जनाको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 85
1 Min Read
Oplus_16908288

३ माघ,कालिकाेट ।  कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे भे१ज २८९८ नम्बरको जीप दुर्घटना हुँदा सेरी पान्तडी सडक खन्ने कार्यमा संलग्न तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

सेरी पान्तडी सडकको सल्लेरी खण्डमा उकालो चढ्ने क्रममा जीप ब्याक भएर सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारामा खस्दा दैलेखका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोटका नवराज शाहीको ज्यान गएको हो।

मृतकहरूमध्ये दुई जना स्काभेटर अपरेटर र एक जना सहचालक हुनुहुन्छ। दुर्घटनाको खबर लगतै प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल र प्रहरी प्रमुख हिमबहादुर खत्रीसहितको सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर भीरबाट शवहरू सडकमा निकालेको छ।

हाल शवहरूलाई परीक्षणका लागि सदरमुकाम मान्म लैजाने तयारी भइरहेको छ भने दुर्घटनाग्रस्त जीप टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार जीप चालक सम्पर्कमा आइसकेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
शेयर