बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन, आजै शपथ र पदभार

छानबिन न्यूज
पाठक संख्या 108
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१३ चैत,काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाह आज नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम नियुक्त गरेका हुन् भने शाहको आजै शपथ ग्रहण र पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

रास्वपाले आफ्नो चुनावी वाचा अनुसार मन्त्रालयको संख्या घटाउने योजना अनुरूप २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाउने संवैधानिक व्यवस्था भए तापनि १५ सदस्यीय सानो र छरितो मन्त्रिमण्डल बनाउन लागेको हो।

नवनियुक्त मन्त्रिमण्डलमा प्रधानमन्त्री बालेन शाहसहित अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, कानुन मन्त्रीमा सोबिता गौतम, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ, र गृहमन्त्रीमा सुधन गुरूङ रहेका छन्।

त्यसैगरी, प्रतिभा रावलले सामान्य प्रशासन, गीता चौधरीले कृषि, विक्रम तिमिल्सिनाले सञ्चार, दीपक साहले श्रम, सस्मित पोखरेलले शिक्षा, खड्क पौडेल (गनेश) ले पर्यटन, सीता वादीले महिला तथा बालबालिका र निशा मेहताले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया
शेयर