१ चैत,काठमाण्डाैं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न आज प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ।
सभापति थापासँगै पार्टीका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि भेटघाटका लागि बालुवाटार पुग्नुभएको हो। सो महत्वपूर्ण भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्यालको समेत सहभागिता रहेको थियो, जहाँ पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बुझिएको छ।
प्रतिक्रिया


