राष्ट्रिय सभा निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी दर्ता

छानबिन न्यूज
पाठक संख्या 66
1 Min Read

२३ पुस,काठमाण्डाैं ।   राष्ट्रिय सभाको रिक्त १८ पदका लागि बुधबार सातवटै प्रदेशमा गरी कुल ४४ जनाले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार प्रदेश राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयहरूमा मनोनयन पत्र दर्ता कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशका ३ सिटमा उम्मेदवारी दिँदै एक सिटमा लोकतान्त्रिक समाजवादीका उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको छ।

आयोगको कार्यतालिका अनुसार भोलि पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, २५ र २६ गते जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ भने पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

प्रतिक्रिया
शेयर