ह्वाइट हाउस बाहिर भीषण गोली हानाहान: बन्दुकधारी मारिए, एक सर्वसाधारण गम्भीर घाइते

छानबिन न्यूज
पाठक संख्या 59
1 Min Read
Oplus_16908288

१० जेठ,वासिङटन डिसी ।  अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ एक बन्दुकधारीले सुरक्षा चेकपोइन्टमा अन्धाधुन्ध गोली चलाएपछि भएको भीषण गोली हानाहानमा परी ती संदिग्ध आक्रमणकारी मारिएका छन् भने एक सर्वसाधारण गम्भीर घाइते भएका छन्।

अमेरिकी गुप्तचर निकाय ‘सीक्रेट सर्भिस’ का अनुसार बेलुकी ६ बजेभन्दा केही समयअघि भएको उक्त घटनामा सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा घाइते भएका बन्दुकधारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 क्रसफायर वा बन्दुकधारीकै गोली लागेर चिन्ताजनक अवस्थामा पुगेका एक सर्वसाधारणको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनामा सीक्रेट सर्भिसका कुनै पनि सुरक्षाकर्मीलाई चोट पटक नलागेको र गोली चल्दाको समयमा ह्वाइट हाउसभित्रै रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्ण रूपमा सुरक्षित रहनुका साथै उनलाई घटनाबारे विस्तृत जानकारी गराइसकिएको ह्वाइट हाउसका अधिकारीले पुष्टि गरेका छन्।

प्रतिक्रिया
शेयर