सर्लाहीमा जसपाका केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश

छानबिन न्यूज
पाठक संख्या 26
1 Min Read
Oplus_16908288

२ फागुन,सर्लाही ।  सर्लाहीमा चुनावी अभियानका क्रममा रहेका नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरीसहितका केन्द्रीय नेताहरूलाई पार्टीमा स्वागत गर्नुभएको छ।

जसपा नेपाल परित्याग गरी कांग्रेसमा समाहित हुनेहरूमा नेताहरू मनिष मिश्र र केदारसिंह ठटौलालगायत ठूलो संख्यामा रहेका कार्यकर्ताहरू हुन्। थापाको यस चुनावी अभियानका क्रममा जिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ, जसले गर्दा चुनावी माहोल थप तातिएको देखिन्छ।

प्रतिक्रिया
शेयर