सर्लाहीमा निर्वाचन लक्षित सुरक्षा कडाइ: भारतीय गाडी सञ्चालनमा रोक

छानबिन न्यूज
पाठक संख्या 40
1 Min Read
Oplus_16908288

​१ फागुन,सर्लाही ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न सर्लाहीमा सुरक्षा व्यवस्था थप मजबुत बनाउँदै फागुन १५ देखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सुरक्षा अधिकारी र राजनीतिक दलहरूको संयुक्त बैठकले निर्वाचनको संवेदनशीलता र सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कार्पियो लगायतका दुई पांग्रे र चार पांग्रे सवारी साधनमाथि प्रतिबन्ध लगाउने र सो नियम उल्लंघन गरेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरी विशेष सुरक्षा योजना तय गरेको हो।

बैठकमा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने विषयमा समेत छलफल हुनुका साथै जिल्लास्थित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरूले आचारसंहितालाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै शान्तिपूर्ण निर्वाचनका लागि प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया
शेयर