करैयामाईमा काँग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेको लहर: बलबिर चौधरीद्वारा भव्य स्वागत

छानबिन न्यूज
पाठक संख्या 80
1 Min Read

२६ माघ,बारा ।  बाराको करैयामाई गाउँपालिका वडा नम्बर ४ सानो लौतनमा नेपाली काँग्रेसलाई ठूलो झट्का लाग्दै रेयाजुल अन्सारीको नेतृत्वमा १०० भन्दा बढी कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जसले क्षेत्रमा एमालेको बढ्दो जनलहर र बलियो पकडलाई प्रस्ट पारेको छ। नवप्रवेशीहरूलाई नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बलबिर चौधरीले फूलमाला र अबिर लगाएर पार्टीमा भव्य स्वागत गर्दै एमालेको सुखी नेपाली र समृद्ध नेपालको एजेन्डाप्रति जनताको अभूतपूर्व विश्वास जागेको बताए ।

गाउँ-गाउँमा एमाले प्रवेश गर्नेहरूको यो लहरले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित भएको दाबी गर्दै स्थानीय स्तरमा उत्साह छाएको छ भने अन्सारीको बहिर्गमनसँगै काँग्रेसलाई यस क्षेत्रमा ठूलो राजनीतिक क्षति पुगेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया
शेयर