नेदरल्यान्ड्सविरुद्ध नेपालको ‘गर या मर’ को भिडन्त: कीर्तिपुरमा रोमाञ्चक क्रिकेट फिवर

छानबिन न्यूज
पाठक संख्या 66
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

८ माघ,काठमाण्डाै ।  काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज क्रिकेटको एउटा निकै रोमाञ्चक र निर्णायक महासंग्राम चल्दैछ, जहाँ आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गरिरहेको छ ।

नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई बलिङको निम्तो दिएपछि अब मैदानमा नेपाली बलरहरूको अग्निपरीक्षा सुरु भएको छ; एकातिर अपराजित यात्रामा रहेको र जिम्बाबे तथा स्कटल्यान्ड जस्ता टोलीलाई पाखा लगाइसकेको उच्च मनोबलयुक्त डच टोली छ भने, अर्कोतिर पहिलो खेलमा थाइल्यान्डसँग ब्यहोरेको हारको बदला लिँदै पुनरागमन गर्ने तीव्र भोकमा रहेको नेपाली चेलीहरूको टोली छ ।

घरेलु मैदान र दर्शकको साथ पाउने अपेक्षा गरिएको नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन नगरी इन्दु बर्माको कप्तानीमा पूजा, सम्झना, बिन्दु, रुबिना, कविता, रिया, सोमु, सीता, काजल र कविता जोशीलाई मैदानमा उतार्दै जितका लागि आफ्नो सम्पूर्ण शक्ति झोक्ने संकेत दिइसकेको छ, जसले गर्दा यो खेल केवल एक प्रतिस्पर्धा मात्र नभई नेपाली क्रिकेट प्रेमीका लागि ढुकढुकी बढाउने एउटा ऐतिहासिक मोड बनेको छ ।

प्रतिक्रिया
शेयर