१ माघ,काठमाण्डाैं । नेकपा एमालेले आगामी ४ माघदेखि बागमती प्रदेशबाट आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गर्ने निर्णय गरेको छ।
बागमती प्रदेश कमिटीले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गर्ने विशेष कार्यक्रममार्फत यस अभियानको थालनी गरिने भएको हो, जसको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।
अभियानको सुरुवातमा भृकुटीमण्डपबाट र्याली निकालिने र प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने जानकारी दिँदै बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले उक्त सभाबाट प्रदेश कमिटी अन्तर्गतका १८ वटै निर्वाचन क्षेत्रमा जित हासिल गर्ने उद्घोष गरिने बताउनुभयो।
एमालेले राजधानीका तीन जिल्ला बाहेकका अन्य जिल्लाहरूलाई बागमती प्रदेश कमिटीको कार्यक्षेत्रमा समेटेर यो चुनावी रणनीति अघि सारेको हो।
प्रतिक्रिया
