२० असाेज,बारा । आईतबार राती करिब ८ बजे बारा जिल्लाको छतवा नाकामा कपिल मियाँको नेतृत्वमा रहेको तस्कर समूहले करिब ५० वटा गाईगोरु नेपालका पहाडी जिल्लाहरूबाट संकलन गरी तस्करीको माध्यमबाट भारतको ढाका पुर्याउने क्रममा स्थानीय बासिन्दाको सूचनाले प्रहरीलाई सफलता मिलेको छ।
हिन्दु समुदायले आमा मानेर पूजा गर्ने गाईलाई मासुका लागि बंगलादेशसम्म पुर्याउने उद्देश्यले भइरहेको यो तस्करीबारे एक स्थानीयले जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङलाई जानकारी दिएका थिए।
यसअघि सशस्त्र प्रहरी बाराका प्रमुख खुम केसीलाई पनि जानकारी गराउँदा चासो नलिएको र स्थानीय प्रहरी चौकीको मिलेमतो रहेको आरोप समेत स्थानीयहरूले लगाएका छन्।
जिल्ला प्रहरी प्रमुखको सक्रियतापछि प्रहरीले तत्काल कारबाही गर्दा तस्करीका लागि लैजाँदै गरिएकामध्ये ११ वटा गाई नियन्त्रणमा लिन सफल भएको छ, यद्यपि स्थानीयहरूले भने ५० वटा गाई भारततर्फ लागिसकेको दाबी गरेका छन्।
नियन्त्रणमा लिइएका गाईहरूलाई हाल फेटा गाउँपालिकाको कम्पाउन्डमा राखिएको छ र वीरगञ्जबाट भन्सारका कर्मचारी आएपछि लिलाम गरिने मटिअर्वा छोटी भन्सारले जनाएको छ।
नेपाली तस्कर कपिलले भारतको नाका प्रवेश गराएपछि भारतीय तस्कर समूहले ढाका हुँदै बंगलादेशसम्म मासुका लागि पुर्याउने गरेको जानकारी प्राप्त भएको छ।









प्रतिक्रिया दिनुहोस् !