१९ असाेज, काठमाण्डाै । असोज १७ गतेदेखिको अविरल वर्षा र बाढी पहिरोका कारण देशभर ४३ जनाको ज्यान गएको छ, जसमध्ये इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने रौतहटमा ३, पाँचथर, खोटाङ र उदयपुरमा १-१ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार स्याङ्जामा खोलाले बगाएका ४ जना र इलाममा पहिरोले पुरेका १ जनासहित पाँचजना हराइरहेका छन्।
यसैगरी, इलाममा ४, भोजपुरमा ३, खोटाङमा ३, पाँचथरमा १ र मकवानपुरमा १ जना गरी १२ जना घाइते भएका छन्।
अत्यधिक वर्षाले इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ भने सरकारले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारी सञ्चालनमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ र स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्दै उद्धार-राहतका लागि सुरक्षा निकाय परिचालन गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !