१८ असाेज,रौतहट । अविरल वर्षासँगै खसेको चट्याङ् लागेर आज (शनिबार) बेलुका रौतहटमा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार, आज बेलुका साढे ६ बजेको समयमा चट्याङ् खसेको थियो । चट्याङ् लागेर कटहरिया नगरपालिका वडा नम्बर २, हथियाई बस्ने अन्दाजी १६ वर्षीय सेहराज लहरी र नविन यादव को मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शवको कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !