१८ असाेज,बारा । अविरल वर्षाका कारण पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वार्ड नं. २ स्थित माईती नेपाल संस्था डुबानमा परेको छ ।
संस्था डुबानमा परेपछि त्यहाँ रहेका महिलाहरूको सुरक्षाका लागि तत्कालै उद्धार टोली परिचालन गरिएको थियो । वडा प्रहरी कार्यालय बिर्ता, पर्सा बाट खटिगएको प्रहरी टोलीले संस्थामा आश्रित महिलाहरूको सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएका सम्पूर्ण महिलाहरूलाई हाल वडा प्रहरी कार्यालय बिर्ता मा सुरक्षित रूपमा ल्याई राखिएको प्रहरीले जानकारी दिएको छ । संस्थाभित्र पानी जमेपछि महिलाहरूको जीवन जोखिममा नपरोस् भनेर प्रहरीले तत्कालै सक्रियता देखाएको हो ।
प्रहरीले जोखिमपूर्ण अवस्थामा तत्काल उद्धार गरी महिलाहरूलाई सुरक्षित स्थानमा पुर्याएकोमा स्थानीयले सराहना गरेका छन् ।









प्रतिक्रिया दिनुहोस् !