१८ असाेज,बारा । नेपाल बिधुत प्राधिकरण (NEA) कलैया वितरण केन्द्रले अविरल वर्षाको कारण कलैया स्थित सबस्टेसन डुबानमा परेकोले विद्युत सुविधा अवरुद्ध भएको जानकारी गराएको छ।
प्राधिकरणका अनुसार सबस्टेसनको ब्रेकर र स्वीचयार्ड लगायतका महत्वपूर्ण उपकरणहरू पूर्ण रूपमा पानीमा डुबेका छन्। जसका कारण सबस्टेसनबाट हुने विद्युत आपूर्ति हाललाई बन्द गरिएको छ।
प्राधिकरणले सूचना जारी गर्दै पानी निकास नभएसम्मको लागि विद्युत सुविधा सुचारु गर्न सम्भव नभएको स्पष्ट पारेको छ।
स्थानीय बासिन्दाहरूलाई धैर्य गर्न आग्रह गर्दै प्राधिकरणले पानीको स्तर कम हुनासाथ यथाशीघ्र विद्युत सुविधा सुचारु गरिने जनाएको छ। कलैया र आसपासका क्षेत्रमा विद्युत सेवा सुचारु हुन लाग्ने समय पानीको निकासमा निर्भर रहनेछ।











प्रतिक्रिया दिनुहोस् !