१८ असाेज,बारा । वर्षाको मात्रा निरन्तर बढ्दै गएसँगै बारा,पर्सा र रौतहटका विभिन्न नदीहरूमा पानीको सतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, पर्साको वीरगन्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रहरूमा वर्षाले सतर्कता तह पार गरिसकेको छ।
विभागले यी जलमापन केन्द्र आसपासका क्षेत्र र विशेष गरी नारायणी, बागमती र लालबकैया नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। नदीहरूमा पानीको बहाव उच्च भएकाले डुबान हुनसक्ने जोखिम बढेकोले डुबान हुनसक्ने क्षेत्रबाट उच्च र सुरक्षित स्थानतर्फ जान समेत विभागले आग्रह गरेको छ।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई कुनै पनि विपद्को जोखिमबाट जोगिन आवश्यक तयारीका साथ सुरक्षित रहन सुझाव दिइएको छ।









प्रतिक्रिया दिनुहोस् !