Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

दशैंको बिदामा पालिका कार्यालय ‘शराबखाना’ बनेपछि सुवर्ण गाउँपालिकामा भीषण झडप; अध्यक्ष यादवको राजीनामा माग ( फाेटाे सहित )

admin
admin
October 4, 2025
दशैंको बिदामा पालिका कार्यालय ‘शराबखाना’ बनेपछि सुवर्ण गाउँपालिकामा भीषण झडप; अध्यक्ष यादवको राजीनामा माग ( फाेटाे सहित )
900
SHARES
ShareTweetSubscribe

१८ असाेज,​बारा । नेपालीहरूको महान चाड दशैंको सार्वजनिक बिदाको समयमा बारा जिल्लाको सुवर्ण गाउँपालिकामा पालिका प्रमुख राजेश यादवले सामाजिक गरिमा र सार्वजनिक उत्तरदायित्वको खिल्ली उडाउँदै कार्यालयलाई नै ‘शराबखाना’ मा परिणत गरेको गम्भीर आरोप लागेको छ।

बिहीबार राति करिब पौने दस बजे अध्यक्ष यादव, उनका भाइ र छोराले भारतबाट मोटो रकम खर्चेर मनोरञ्जनका लागि बोलाइएका आधा दर्जन टिकटक कलाकारहरूसँग बन्द पालिका कार्यालयभित्र रक्सी सेवन गर्दै अनैतिक कार्य गरेको आरोप लागेपछि गाउँपालिका रणभूमिमा परिणत भएको हो।

​दशैंको बिदामा बन्द हुनुपर्ने सरकारी कार्यालय खुलेको र अध्यक्षका नजिकका व्यक्तिहरूले रक्सीका कार्टुन भित्र लगेको देखेका स्थानीय युवाहरूले तत्काल विरोध जनाए।

जेनजी अगुवा अजय यादवका अनुसार, झ्यालबाट हेर्दा कोठाहरू खुलेको र भित्र रहेका सबैजना रक्सीले मातेको देखेपछि समाजलाई सुमार्गमा डोर्याउने कसम खाएका जिम्मेवार पदाधिकारीबाट भएको यो असामाजिक र अमर्यादित कृत्यको सशक्त विरोधमा उनीहरू उत्रिएका थिए।

​आक्रोशित युवाहरूको ठूलो समूहले कार्यालय घेराउ गरी अध्यक्ष यादवसहित भित्र रहेका सबैलाई बाहिर निकाल्न माग गरेपछि स्थिति तनावग्रस्त बन्यो। नगर प्रहरीले युवाहरूलाई रोक्न खोज्दा ढुंगामुढा सुरु भयो र कार्यालयका अधिकांश सिसाहरू फुटे।

भित्र थुनिएका अध्यक्ष यादवले बोलाएको प्रहरी टोली घटनास्थल पुगेपछि युवाहरूले सार्वजनिक स्थलमा मापसे (मादक पदार्थ सेवन) गरेको आरोपमा अध्यक्षको तत्काल मेडिकल जाँच गर्न माग गरे, तर प्रहरीले उक्त मागलाई बेवास्ता गरेपछि युवाहरू झन् उग्र बने।

स्थिति नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीसहित जिल्ला प्रहरी कार्यालयबाट थप मद्दत मगाइएको थियो र प्रहरीले चार राउण्ड अश्रुग्यास तथा स्थानीयका अनुसार आधा दर्जन रबरका गोली समेत प्रहार गरेर भीड तितरबितर पारेको थियो। युवाहरू हटेपछि अध्यक्ष यादवलाई प्रहरीले गाडीमा राखेर तत्काल त्यहाँबाट भगाएको थियो।

​वडा नम्बर २ का वडा अध्यक्ष रन्जित यादवले समेत अध्यक्ष यादवले फोन गर्दा रक्सी सेवनका कारण बोली लरबराएको र उनको यो विवादित काम गर्ने पुरानो शैली भएको पुष्टि गरेका छन्।

विकासको रकममाथि कैँची चलाएर मनोरञ्जनको नाममा आफ्ना नजिकका मानिसको नाममा पालिकाको कोषबाट १७ लाख रुपैयाँ पेश्की लिएको आरोप लागेका अध्यक्ष यादवको यो कार्य सार्वजनिक पद र कोषको चरम दुरुपयोगको उदाहरण हो।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा सर्वाधिक मुद्दा पर्ने देशकै तेस्रो र बाराको सर्वाधिक भ्रष्टाचार हुने पालिकाको रूपमा परिचित सुवर्ण गाउँपालिकाका युवाहरूले यो घटनापछि अध्यक्ष राजेश यादवको तत्काल राजीनामा नआए थप शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसबारे पालिका अध्यक्षसंग प्रतिकृया लिन फाेनगर्दा सम्पर्कमा आउन चाहेनन ।

Oplus_16908288
Oplus_16908288
Oplus_16908288
Oplus_16908288
Oplus_16908288
Oplus_16908288
Post Views: 8
Previous Post

जनकपुरको रुपैठामा तनाव बढेपछि निषेधाज्ञा जारी

Next Post

पाँचथरमा भयानक दुर्घटना: तमोर करिडोरमा बोलेरो पिकअप खस्दा पाँच जनाको मृत्यु, सात घाइते

admin

admin

Next Post
पाँचथरमा भयानक दुर्घटना: तमोर करिडोरमा बोलेरो पिकअप खस्दा पाँच जनाको मृत्यु, सात घाइते

पाँचथरमा भयानक दुर्घटना: तमोर करिडोरमा बोलेरो पिकअप खस्दा पाँच जनाको मृत्यु, सात घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.