१६ असोज,बारा । मधेस प्रदेशमा भएको जेनजीको आन्दोलनका क्रममा सात करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ठूलो क्षति भएको छ, जसमा ९० वटा प्रहरी युनिट र २०७ वटा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएको थियो।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले दुई करोड छ लाख ७८ हजार तीन सय ८० रुपैयाँ मूल्य बराबरका सवारी साधनहरू समेत जलाएका थिए।
यद्यपि, क्षतिग्रस्त भएका सम्पूर्ण सरकारी तथा प्रहरी कार्यालयहरूको मर्मतसम्भारपछि पुनः सञ्चालनमा आइसकेका छन् भने आन्दोलनका कारण विस्थापित भएका प्रहरीहरू पनि आ-आफ्नो काममा फर्किसकेका छन्।









प्रतिक्रिया दिनुहोस् !