१५ असोज,बारा । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका कैदीमध्ये एक जना वीरगन्जबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कका २५ वर्षीय अमजत मियाँ रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मियाँ लागू औषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागारमा पठाइएका कैदी हुन्।
पक्राउ गरिएका मियाँलाई थप कारबाहीका लागि पुनः भीमफेदी कारागारमै पठाइने प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।









प्रतिक्रिया दिनुहोस् !