१५ असोज,सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका-१ स्थित हर्दी नदीमा माटोको ढिस्को खसेर पुरिँदा दुई बालबालिकासहित चारजनाको दुःखद मृत्यु भएको छ।
आज बिहान ९:२० बजेतिर ढिस्को खस्दा महोत्तरी सोनमा गाउँपालिका-६ मगरथानाका चारजना पुरिएका थिए। मृत्यु हुनेहरूमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षकी सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षकी नर्गिस खातुन रहेका छन्।
गम्भीर घाइते अवस्थामा उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !