१५ असाेज,बारा । आज आश्विन शुक्ल नवमीका दिन दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।
मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने विश्वास गरिने सिद्धिदात्रीको पूजासँगै यस वर्षको नवरात्रको औपचारिक समापन भएको छ, जसको पहिलो दिन असोज ६ गते सोमबार घटस्थापना गरिएको थियो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज महानवमीमा शक्तिपीठहरूमा विशेष भीड लाग्ने गर्दछ भने अब भोलि असोज १६ गते बिहीबार विजयादशमी पर्व परेको छ।
विजयादशमीका लागि टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि समितिले बिहान ११:५३ बजे को उत्तम साइत तोकेको छ। नेपालीहरूले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरी बडादसैँ पर्व मनाउँछन्।









प्रतिक्रिया दिनुहोस् !