१३ असाेज,बारा । बारा जिल्लामा तस्करी नियन्त्रण हुन नसकेको विषयले ठूलो चर्चा पाइरहेको छ, जसका कारण नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ र सशस्त्र प्रहरीका प्रमुख खुमबहादुर दुवैको कार्यसम्पादनमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ। विभिन्न पत्रिका, अनलाइन माध्यम र सामाजिक सञ्जालहरूमा लगातार तस्करिका घटनाहरू सार्वजनिक भइरहेका छन्, जसले यी दुई सुरक्षा निकायका प्रमुखहरू ‘फेल’ भएको आरोपलाई बल पुर्याएको छ। सीमा नाकाहरू बाट हुने अवैध मालसामानको तस्करी निर्वाध रूपमा जारी रहँदा शान्तिसुरक्षा र राजस्व चुहावटको विषयमा गृह मन्त्रालयलाई नै चुनौती थपिएको छ। सर्वसाधारण र सञ्चार माध्यमहरूले खुलेआम प्रश्न उठाउँदा पनि नियन्त्रणका लागि ठोस पहल हुन नसक्नुले बाराको सुरक्षा व्यवस्था र सीमा प्रशासनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाइएको छ।









प्रतिक्रिया दिनुहोस् !