१२ असोज,काठमाण्डाै । नेपाल प्रहरीमा रिक्त रहेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिफारिस भएका छन् । सिफारिस हुनेहरूमा सुशिलसिंह राठौर पहिलो नम्बरमा, उमाप्रसाद चतुर्वेदी दोस्रो नम्बरमा, हिमालयकुमार श्रेष्ठ तेस्रो नम्बरमा र डम्बरबहादुर विक चौथो नम्बरमा छन् ।
राठौर हाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागअन्तर्गत रहेको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन् भने श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । यस्तै विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् ।
तर, दोस्रो नम्बरमा सिफारिस भएका उमाप्रसाद चतुर्वेदीको बढुवामाथि भने गम्भीर प्रश्न उठेको छ । मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा उनी उक्त प्रदेशको आठै जिल्लामा तस्करी रोक्न पूर्ण रूपमा असफल भएको आरोप छ । यस अवधिमा प्रदेशमा अपहरण, हत्या र राजश्व चुहावटका घटना नियन्त्रण गर्न नसकेको भन्दै उनको कार्यसम्पादनलाई ‘असफल’ मानिएको भए पनि उनलाई पुरस्कृत गर्दै एआईजीमा सिफारिस गरिनुले प्रहरी नेतृत्वको मूल्याङ्कन मापदण्डमाथि नै प्रश्नचिह्न खडा गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजी पदमा नियुक्त गर्नेछ ।









प्रतिक्रिया दिनुहोस् !