१२ असोज,काठमाण्डाैं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको छ । पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ भूषण राणाको घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोली र स्थानीय प्रहरीको सहयोगमा घेराबन्दी गरेर खानतलासी र सामानहरू बरामद गर्ने काम भइरहेको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीले कुनै गोप्य सूचना प्राप्त हुने आशङ्कामा राणाको घरमा छापा मारेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस् !