१२ असाेज,काठमाण्डाैं । आइतबार बिहान सुर्खेत र सल्यान मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। पहिलो घटना सल्यानको कपुरकोट गाउँपालिका-३ को चोरखोलामा भएको थियो, जहाँ रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा रुकुम पश्चिम बाफीकोट गाउँपालिका– ५ का प्रकाश केसी सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो; पाँच जना सवार उक्त गाडीमा दुई जना घाइते भएकाले उनीहरूलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ र मृतक अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ। यसैबीच, दोस्रो घटनामा बाँकेको नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११२९ नम्बरको ईभी गाडी (इलेक्ट्रिक बस) आइतबार बिहान चार बजे रत्न राजमार्गअन्तर्गत सुर्खेतको ठूलो बिउरेनीनजिक दुर्घटनाग्रस्त हुँदा चालकसहित १७ जना घाइते भएका छन्; घाइतेहरूको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ र देउती नर्सिङहोममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिएका छन्।









प्रतिक्रिया दिनुहोस् !