Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सुन तस्करी मुद्दामा भारतीय नागरिकलाई धरौटीमा छाड्ने आदेशले बाराका न्यायाधीश ढकाल विवादमा

admin
admin
September 24, 2025
सुन तस्करी मुद्दामा भारतीय नागरिकलाई धरौटीमा छाड्ने आदेशले बाराका न्यायाधीश ढकाल विवादमा

Oplus_16908288

600
SHARES
ShareTweetSubscribe

८ असोज, वीरगञ्ज। राजस्व चुहावट र सम्पत्ति शुद्धीकरणसम्बन्धी एक गम्भीर मुद्दामा अदालतमा उपस्थित नै नभएका भारतीय नागरिकलाई धरौटीमा छाड्ने आदेश दिएपछि बाराका जिल्ला न्यायाधीश भोला ढकाल विवादमा तानिएका छन्।

इजलास नम्बर १ का न्यायाधीश ढकालले भारत, रक्सौलका अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हालाई हाजिर नगराई कानुनविपरीत धरौटीमा छाड्न आदेश दिएको आरोप लागेको छ।

अदालतका स्रेस्तेदार राजकुमार दाहालले भने सम्बन्धित व्यक्तिको नागरिकता र आधार कार्ड हेरेर अदालतमा हाजिर गराइएको दाबी गरेका छन्। निवेदिकासँग नेपाली नागरिकता थियो र उनका बुबा भनिएका अशोकसँग आधार कार्ड थियो, रजिस्ट्रार दाहालले भने, उनीहरूले पेस गरेको परिचयपत्रको आधारमा उनीहरूलाई हाजिर गराइएको हो।

कानुनी व्यवस्था र सेटिङको आरोप

स्रोतका अनुसार, अशोक र निवेदिकाको ठाउँमा अन्य दुई जनालाई हाजिर गराइएको थियो र यसको चाँजोपाँजो न्यायाधीश ढकालका घरबेटीले मिलाएका थिए। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा २ (ख) अनुसार, नेपालमा स्थायी बसोबास नभएका विदेशी अभियुक्तलाई थुनामा नराखेको खण्डमा उनीहरू भाग्ने सम्भावना रहन्छ। यसैले उनीहरूलाई थुनामा राख्नुपर्ने कानुनी व्यवस्थाको विरुद्ध यो आदेश आएको छ।

दसैँ बिदाको मुखमा कम चहलपहलको फाइदा उठाएर यो ‘सेटिङ’ गरिएको आरोप छ। स्रोतका अनुसार, न्यायाधीश ढकालका घरबेटी र भारत, रक्सौलका रिपुसुधन प्रसाद (रिपु) ले यो घटना मिलाउन करिब २ करोड रुपैयाँ खर्च गरेको आरोप छ ।

यद्यपि, रिपुसुधनले भने आफू निर्दोष भएको दाबी गरेका छन्। उनले अशोक कुमार सिन्हा आफ्नो छिमेकी भएको र अदालतमा हाजिर गराउने सन्दर्भमा ५/६ जना मानिससँगै गएको बताएका छन्। उनले सेटिङमा आफ्नो कुनै भूमिका नभएको र अशोक सिन्हा रक्सौलका प्रतिष्ठित व्यक्ति भएकाले अदालतबाट छुट्ने जानकारी पाएपछि मात्र गएको दाबी गरेका छन्।

राजश्व अनुसन्धान विभागको अभियोजन

राजश्व अनुसन्धान विभाग ललितपुरले सिन्हा बाबु छोरी विरुद्ध अवैध तरिकाले भंसार छली चोरी पैठारीगरी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरण निवारण ऐन २०६४ अनुसार ३४ करोड २४ लाख ३१ हजार विगो कायम गरी ऐनको दफा ३० को उपदफा १ बमोजिम दोब्बर जरीवाना र कसुरको मात्रा अनुसार कम्तीमा २ बर्ष देखि १५ बर्ष सम्मको जेल सजायको मागदावी गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा २०७८ असार ९ गते अभियोजन पत्र सहित मुद्धा दायर गरेको थियो ।

विभागले सोही ऐनको दफा ३४ को उपदफा १ बमोजिम निजको घरबाट बरामद भएको सामान समेत जतफतको माग दावी गरेको छ । त्यसैगरी सिन्हाकी छोरी निवेदिका सिन्हालाई पनि सम्पत्ती शुद्धिकरण निवारण ऐन २०६४ बमोजिम १९ करोड ७३ लाख अवैध सम्पत्ती आर्जन गरेको भन्दै ऐनको दफा ३० को उपदफा १ बमोजिम दोब्वर जरिवाना र दफा ३४(१) बमोजिम सम्पत्ती जफतको मागदावी गरिएको छ ।

राजश्व अनुसन्धान विभाग ललितपुरले प्रतिवादी अशोक कुमार सिन्हा र निजकी छोरी निवेदिका सिन्हा विरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ र ४ बमोजिम कसूर गरेकोले १८ करोड ६५ लाख २ हजार ७०६ रुपियाँ जरिवाना माग दावी गरेको देखिन्छ । त्यसैगरी राजश्व चुहावट ऐन २०५२ को संशोधित दफा २३(१) र २३ (१) (घ) बमोजिम सजाय तथा बरामद गरिएको सुनचाँदीका गहना समेत ऐनको दफा ३३ बमोजिम जफत गर्न मागदावी सहित अभियोग पत्र दायर गरिएको थियो ।

अदालतको बयानमा सिन्हा बाबु छोरीले रेशमकोठी स्थित गणेश अपार्टमेन्टको ३०३ नम्वरको फ्ल्याटमा फेला परिएको २५ किलो ३८३ ग्राम सुन आफ्नो नभएको दावी गरेका छन् । उनीहरुले उक्त समयमा अशोक कुमार सिन्हाको उपचारको क्रममा भारतको पटना र दिल्लीमा गएको समयमा फ्ल्याटमा छापामारी भएको जिकिर गरेका छन् ।

बाबु छोरीले बयानको क्रममा घरमा भारत विहार रसौगढ निवासी जयराम सहनी बस्ने गरेको तर छापामारीको समयमा समेत उ कोठामा नभएको बताएका छन् । जिल्ला न्यायाधीस ढकालको आदेशमा अशोक सिन्हाको उमेर ६५ बर्ष भन्दा बढी भई जेष्ठ नागरिकको रुपमा रहेको र उनी नियमित उपचारमा रहनु पर्ने भएकोले धरौटीमा छोडनु परेको उल्लेख गरिएको छ ।

२५ किलो सुन तस्करी प्रकरण

यो मुद्दा २०७७ कात्तिक १ गते वीरगञ्जको गणेश अपार्टमेन्टबाट २५ किलो ३ सय ८३ ग्राम सुन बरामद भएको घटनासँग सम्बन्धित छ। तत्कालीन प्रहरी प्रमुख (एसपी) गंगा पन्तको कमान्डमा खटिएको टोलीले अशोक कुमार सिन्हा बस्ने फ्ल्याटबाट सुन बरामद गरेको थियो।

प्रहरीले बरामद गरेको सुन पवन कुमार साहको लगानीमा अशोक कुमार सिन्हामार्फत भारत तस्करी गर्ने उद्देश्यले राखिएको थियो। बरामद सुनको तत्कालीन बजार मूल्य १८ करोड ६५ लाख २ हजार ७०६ रुपैयाँ कायम गरिएको थियो। अनुसन्धानबाट सुन रहेको फ्ल्याट अशोक सिन्हाको छोरी निवेदिकाको नाममा दर्ता रहेको खुलेको थियो। यसै आधारमा राजस्व अनुसन्धान विभाग ललितपुरले उनीहरूविरुद्ध राजस्व चुहावट र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

राजस्व अनुसन्धान विभागले अशोकमाथि ३४ करोड २४ लाख र निवेदिकामाथि १९ करोड ७३ लाख अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै जरिवाना र सम्पत्ति जफतको मागदाबी गरेको छ।

अदालतको बयानमा बाबुछोरीले बरामद सुन आफ्नो नभएको दाबी गरेका छन्। न्यायाधीश ढकालको आदेशमा अशोक सिन्हा ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक भएकाले र नियमित उपचारमा रहनुपर्ने भएकाले धरौटीमा छोडिएको उल्लेख छ।

जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जमा पुनरावेदन गर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ।

को हुन रिपुसुधन ?

रिपु भनिने रिपुसुधन प्रसाद भारत रक्सौलका व्यापारी हुन । उनले रक्सौलमा शिवम् आयल रिफाइनरी उद्योग प्रा.लि, शिवम् मोडन राइस इन्डस्टीज प्रा.लि, शिवम् रौलर फ्लावर मिल, शिवम् कोल्ड स्टोरेज लगायतका कम्पनी संचालन गरेका छन् । रक्सौलको एम बजार मार्केट समेत उनै रिपुसुधनको हो ।

रिपु सुधन प्रसाद वीरगञ्ज स्थित रेशमकोठीका बलराम प्रसाद कलवारका छोरी ज्वाइँ हुन । उनले आफ्नी श्रीमती प्रिती कुमारीको नाउँबाट बाराको लिपनीमाल नजिक शिवम् आयल रिफाइनर्स उद्योग संचालन गरेका छन् । ससुरा वलराम कलवारको निधन पछि आमाको नाउँमा भएको सम्पत्ती धितो राखेर प्रिती कुमारीले उद्योगमा लगानी गरेकी हुन । यसमा सुनचाँदी, भेप, केराउ र पोस्तादानको अवैध कारोवारमा संलग्न पवन कुमार साहका छोरा शिवम् साहको समेत पाटनसिप रहेको छ ।

रिपुसुधन र पवन कुमार साह पाटनर हुन । यस सुन काण्डमा समेत पवनको संलग्नता रहेकोले अकोश कुमार सिन्हालाई छुटाउन रिपुसुधन समेत संलग्न भएको स्रोतको भनाई छ । पवन भने नक्कली कागजपत्र पेशगरेर भंसारबाट २५ हजार टन केराउ आयात गर्न खोजेको आरोपमा फरार छन् ।रेसखबर

Post Views: 5
Previous Post

राजनीतिक पदाधिकारीले अब स्वकीय सचिव राख्न नपाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारको कठोर निर्णय

Next Post

लद्दाखमा स्वायत्तताको आन्दोलन चर्कियो: बीजेपी कार्यालयमा आगजनी चार जनाकाे मृत्यु

admin

admin

Next Post
लद्दाखमा स्वायत्तताको आन्दोलन चर्कियो: बीजेपी कार्यालयमा आगजनी चार जनाकाे मृत्यु

लद्दाखमा स्वायत्तताको आन्दोलन चर्कियो: बीजेपी कार्यालयमा आगजनी चार जनाकाे मृत्यु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.