७ असाेज,बारा । जेन-जी आन्दोलनका क्रममा भएको आगजनीमा परी एक महिलाको मृत्यु, अर्का एक जनाको अवस्था सुधारोन्मुख रहेकाे छ ।
जने-जी आन्दोलनका क्रममा भदौ २४ गते वीरगन्जमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परी घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृतक पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीय शोशिला देवी हजरा हुन् । उनको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । आगजनीमा उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो । उनी रुङ्टाको घरमा काम गर्दै आएकी थिइन् ।
यसैगरी, सोही घटनामा गम्भीर घाइते भएका भारत, बिहारको सुगौली निवासी १८ वर्षीय विनय यादवको पनि कीर्तिपुरस्थित बर्न अस्पतालमै उपचार भइरहेको छ । उनको शरीरको ९० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
हाल उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । दुवै घाइतेलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिए पनि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।









प्रतिक्रिया दिनुहोस् !