७ असाेज,सिरहा । सिरहाको गोलबजार नगरपालिका-१३, भेल्हा डंगराहाका सञ्जय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंहको हत्या भएको छ।
आइतबार राति ८ बजे बेपत्ता भएका अभिषेकको शव मंगलबार बिहान घर नजिकैको आँपको बगैंचामा फेला परेको हो। उनको परिवारले अपहरणपछि फिरौती मागिएको जानकारी प्रहरीलाई दिएका थिए।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको सन्देश आएको थियो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीको पहिचानका लागि डग टोलीसमेत परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !