५ असाेज,काठमाडौं: सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को प्रमुखमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्य अनुसन्धान निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघिका प्रमुख हुतराज थापाले भदौ २८ गते अवकाश पाएपछि यो पद रिक्त थियो। नयाँ प्रमुखको दौडमा कार्कीसँगै ओम जोशी पनि थिए। वरिष्ठतामा जोशी अगाडि भए पनि सरकारले कार्यक्षमता र योग्यतालाई प्राथमिकता दिँदै कार्कीलाई यो महत्वपूर्ण जिम्मेवारी दिएको बुझिएको छ।
यद्यपि, उनको नियुक्तिको निर्णय सरकारले औपचारिक रूपमा सार्वजनिक भने गरिसकेको छैन।









प्रतिक्रिया दिनुहोस् !