५ असाेज,काठमाडौं। नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई भने जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदोन्नति गरिएको छ। शाक्य गत चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।









प्रतिक्रिया दिनुहोस् !