३ असाेज,काठमाण्डाैं । नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपमा बसेको कार्यसम्पादन समितिको बैठकले यो निष्कर्ष निकालेको हो । बैठकले यस विषयमा अन्य राजनीतिक दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यालयमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ठूलो क्षति पुगेको छ । क्षतिग्रस्त कार्यालयमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा आज पहिलोपटक औपचारिक बैठक बसेको हो ।
आन्दोलनकारीहरूले सभापति शेरबहादुर देउवा दम्पतीमाथि समेत कुटपिट गरेका थिए, जसका कारण उनीहरू अहिले उपचाररत छन् । आन्दोलनका क्रममा कांग्रेसका धेरै शीर्ष नेताहरूको घरमा पनि क्षति पुगेको थियो ।
यसअघि, २३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि कार्यसम्पादन समितिको एकपटक भर्चुअल बैठक बसेको थियो । कांग्रेसले दशैंअघि नै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।









प्रतिक्रिया दिनुहोस् !