३ असाेज,बारा । केही दिनदेखि बारा जिल्लाका स्थानीय बासिन्दालाई आतंकित बनाइरहेको एक नरभक्षी बाघलाई आज बिहान बल्ल समात्न सफलता मिलेको छ। यो बाघले हालसम्म दुई जना मानिसको ज्यान लिएको थियो भने केहीलाई घाइते पनि बनाएको थियो।
जंगलबाट बस्ती पसेको यो बाघलाई नियन्त्रणमा लिन निकुञ्जका अधिकारी, सुरक्षाकर्मी र स्थानीयको संयुक्त टोली खटिएको थियो। केही दिनको अथक प्रयासपछि आज बिहान बाघलाई एउटा पासो (ट्रयाप) मा पारेर नियन्त्रणमा लिइएको हो।
बाघ समातिएपछि स्थानीय बासिन्दाले ठूलो राहतको सास फेरेका छन्। थप बिवरण आउन बाकि छ ।









प्रतिक्रिया दिनुहोस् !