१ असाेज,काठमाडौँ। बुधबार राति पश्चिम नेपालका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, रुकुम पूर्व र बागलुङको सीमाक्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
राति गएको यो भूकम्पले खासै ठूलो क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन। स्थानीय बासिन्दाहरुले हल्का धक्का महसुस गरेको बताएका छन्। भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको जानकारीका लागि थप विवरण संकलन भइरहेको सम्बन्धित अधिकारीले जनाएका छन्।
नेपाल भूकम्पीय जोखिमको हिसाबले संवेदनशील क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा साना तथा ठूला भूकम्पहरु गइरहने गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !