ईर्साद अन्सारी
१ असाेज,बारा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले Gen-Z आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज एक शोक वक्तव्य जारी गरेको छ।
पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालद्वारा हस्ताक्षरित सो वक्तव्यमा सामाजिक सञ्जालमाथिको नियन्त्रण, भ्रष्टाचार र कुशासनको विरोधमा भएको आन्दोलनमा भएका दमनको विरोध गरिएको छ।
वक्तव्यमा भनिएको छ कि यो आन्दोलन लोकतान्त्रिक गणतन्त्रपछि पनि पारदर्शी र जनउत्तरदायी शासन कायम गर्न नसक्दा उत्पन्न भएको निराशा र आक्रोशको परिणाम हो।
यसका अतिरिक्त नेताहरूको जीवनशैली र जनताबीचको अन्तर, भ्रष्टाचार, बेरोजगारी, र युवा पलायन जस्ता समस्याहरूले पनि यो अवस्था सिर्जना गरेको उल्लेख छ।
वक्तव्यमा युवा पुस्ताको मागलाई सम्बोधन गर्न अन्तरिम सरकार गठन भई निर्वाचनको मिति घोषणा भएको कुरालाई स्वीकार गर्दै भविष्यमा शान्ति, स्थिरता, विकास, भ्रष्टाचारको अन्त्य, सुशासन र रोजगारी सिर्जना गरेर मात्र शहीदहरूप्रति साँचो श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरिएको छ।
पार्टीले यसका लागि युवा पुस्ता, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !