ईर्साद अन्सारी
३१ भदाै,पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालको एनआईसीयु (NICU) वार्डको स्टोर कोठामा मंगलबार बिहान आगलागी भएको छ। बिहान करिब ४ बजेतिर अस्पतालको प्रसूति गृह भवनको तेस्रो तल्लामा रहेको उक्त स्टोर कोठामा आगलागी भएको हो।
अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहका अनुसार, आगलागीबाट स्टोर कोठामा रहेका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका छन्। यद्यपि, यस घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन।
बिहान लागेको आगो वीरगन्ज महानगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको डा. सिंहले जानकारी दिएका छन्।









प्रतिक्रिया दिनुहोस् !