२६ जेठ काठमाण्डू /सामान्य प्रशासनमन्त्री राजेन्द्र
श्रेष्ठमाथि सिंहदरबारस्थित
मन्त्री कक्षमै हातपात भएको छ
। जसपाका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठ माथि हातपात गरेका हुन् ।बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए । उनले भने, ‘चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको भन्ने कुरा हल्ला मात्र हो ।’ जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् ।घटना पछि मन्त्री श्रेष्ठका ऊप सचिव सुरज महर्जनले एक बिज्ञ्प्ति प्रकाशन गरि घटनाको बचाऊ गरेका छन ।
प्रतिक्रिया दिनुहोस् !