३० भदाै,काठमाडौं: । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाअनुसार यो राहत रकम प्रहरी महानिरीक्षक (आईजीपी) देखि प्रहरी निरीक्षकसम्मका सबै प्रहरी कर्मचारीको तलब कट्टा गरेर जम्मा गरिनेछ।
यो निर्णयले कर्तव्य पालनाका क्रममा शहादत प्राप्त गर्ने प्रहरीका परिवारलाई केही हदसम्म भए पनि राहत पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !