Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

हर्क साम्पाङलाई जेनजीको फोन- ‘मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्’

admin
admin
September 15, 2025
हर्क साम्पाङलाई जेनजीको फोन- ‘मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्’

Oplus_16908288

550
SHARES
ShareTweetSubscribe

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरु जुन अनुपातमा छन्,आलोचक पनि बराबरी देखिन्छन् । जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आह्वान गरेलगत्तै सबैभन्दा पहिले (मंगलबार साँझ) अन्तरिम सरकारको नेतृत्व माग्दै सैनिक मुख्यालय पुगेका उनी हिजो (आइतबार) पनि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगे ।

उनले सरकारमा सहभागी भएर आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्ने अवसर खोजिरहेका छन्,यसमा कुनै दुई मत देखिदैँन । नेतृत्वको माग गर्दै २४ घण्टामा ६० भन्दा स्टाटस लेख्नुले उनको नेतृत्व गर्ने भोकलाई झल्काएको छ । त्यही कारण उनी खिसिट्युरीका पात्रसमेत बनेको देखिन्छ ।

यसरी नेतृत्वको लागि दौडधुप गरिरहेका,तर सार्थकता नपाएका साम्पाङलाई जेनजी आन्दोलनको प्रमुख स्टेक होल्डर दावी गर्ने युवाहरुको समूहले भने ‘मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्’ भनेको खुलेको छ । हिजो बालुवाटारबाट फर्केपछि साम्पाङले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए, ‘मन्त्री बन्नुअघि भारतीय दूतावास किन जानु पर्ने रैछ ? यो मैले नबुझेको !’

पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको समाचार नेपालभन्दा पहिले भारतीय मिडियामा छ्यापछ्याप्ती हुनु, भारतमै निर्वासित जीवन बिताइरहेका  तिब्बतीयन धार्मिक नेता दलाई लामाले इतिहासमै पहिलोपल्ट नेपालको प्रधानमन्त्रीलाई शुभकामना सन्देश पठाउनु,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कार्कीलाई चार वटा माध्यम (तीन भाषा र सार्वजनिक समारोह)बाट चासोका साथ शुभकामना दिनु र अन्तरिम सरकारमा जान लालायित देखिएका साम्पाङलाई ‘मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्’ भनिनुले जेनजी आन्दोलनमाथि गम्भीर आशंका सिर्जना गरेको छ ।

यसबारे जनआस्थाले मेयर साम्पाङलाई सम्पर्क गरेर हिजो बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भएको भेट र भारतीय दूतावास जान प्राप्त भएको सल्लाहबारे विस्तृतमा बुझेको थियो । साम्पाङले प्रथमतः हिजो बिहान ८ बजेतिर बालुवाटार पुगेको जानकारी दिए । प्रधानमन्त्री कार्कीसँगको भेटमा आफूले निर्धक्कसाथ सरकारमा सहभागी हुन इच्छुक रहेको बताएको उनको भनाई छ । जवाफमा कार्कीले भने कुनै स्पष्ट जवाफ दिइनन् । ‘मैले मेरो कुरा राखेपछि उहाँले खुलेर कुरा गर्नुभएन, सबै मिलेर जानुपर्छ मात्रै भन्नुभयो’, साम्पाङले भने, ‘अहिले आन्दोलन कसको हो भन्ने नै अन्यौल छ, म सिधा मान्छे,लागेको कुरा भन्छु,तर उहाँ मसँग खुलेर कुरा गर्नै डराएको जस्तो देखेँ ।’

बालुवाटारबाट फर्किएपछि आफूलाई जेनजी आन्दोलनको स्केट होल्डर दावी गर्ने युवाहरुको समूहबाट फोन आएको र भारतीय दूतावास पुग्न सल्लाह दिएको पनि साम्पाङले जनआस्थालाई जानकारी गराए । ‘म त घुमाएर कुरा गर्न जान्दिनँ,सिधै मैले जादिनँ भनेँ,कतिलाई पच्ला-नपच्ला,मन्त्री बन्न म भारतीय दूतावास जाने होइन नि,बरु मन्त्री भएपछि फूल लिएर त्यहाँको राजदूत मलाई भेट्न आउने हो’, उनले कुराकानीबारे भने, ‘अर्को देशको दूतावासले नेपालमा मन्त्री बनाउने भन्ने पनि हुन्छ ? पुरै गञ्जागोल देखियो, देशको लागि काम गर्ने मान्छे किन दूतावास पुग्नुपर्यो ? म जाँदिनँ ।’

सरकारमा जान आफू इच्छुक रहेको तर त्यसको लागि कोही कसैसँग सम्झौता नगर्ने पनि साम्पाङले स्पष्ट पारे । ‘मलाई जिम्मेवारी दिन लायक ठान्लान् वा नठान्लान्, त्यो अर्कै कुरा हो, तर उनीहरुले भनेजसरी म भारतीय दूतावास पुगेरचाहिँ सरकारमा जाँदिनँ’, उनले जिकिर गरे ।

स्मरण छ कि, गत बुधबार जेनजी युवाहरुको समूहले डिस्कर्डमार्फत् भोटिङ गरेर पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको थियो । त्यतिबेला कार्कीसँगै भोटिङको लागि साम्पाङलाई पनि उम्मेद्वारको रुपमा राखिएको थियो । तर, उनले उल्लेख्य भोट पाउन सकेनन् । त्यसरी भोटिङमार्फत् उम्मेद्वार चयन गरेका युवाहरुको समूहले नै भारतीय दूतावास जान सल्लाह दिएपछि यतिबेला साम्पाङ स्वयं पनि चकित परेका छन् । ‘म त दायाँबायाँ जान्दिनँ, काम गर्ने मान्छे हुँ,काम गर्छु पनि,ढिलो चाँडो को कस्तो हो,पानी सङलो बनेपछि थाहा भइहाल्छ’, उनले थपे ।साभार- जनआस्था

Post Views: 1
Previous Post

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद विस्तार: रामेश्वर, ओमप्रकाश र कुलमानलाई जिम्मेवारी

Next Post

मन्त्रिपरिषद् विस्तार: राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्रीलाई शपथ

admin

admin

Next Post
मन्त्रिपरिषद् विस्तार: राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्रीलाई शपथ

मन्त्रिपरिषद् विस्तार: राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्रीलाई शपथ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.