२९ भदौ,काठमाण्डाै। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रियाले तीव्रता पाएको छ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, नयाँ सरकारमा तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रारम्भिक सूचीअनुसार, अर्थ मन्त्रालयमा पूर्वसचिव रामेश्वर खनाल, गृह मन्त्रालयमा कानुन व्यवसायी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त हुने भएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयसँगै कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतले यसलाई प्रारम्भिक सूची बताएको छ र उनीहरूको जिम्मेवारीमा केही थपघट हुन सक्ने संकेत गरेको छ। उनीहरूको नियुक्तिको पत्र तयार भइसकेको र शपथ ग्रहण भोलि बिहान हुने बताइएको छ।









प्रतिक्रिया दिनुहोस् !