२९ भदाै,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरेर पदभार ग्रहण गरेकी छन् ।
उनले जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्दै प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छन् । घाइतेहरूको निःशुल्क उपचारको पनि उनले व्यवस्था गरेकी छन् ।
पदभार ग्रहणपछि बोल्दै प्रधानमन्त्री कार्कीले देशलाई ‘शून्यता’ मा पुर्याउने गरी भएको घटनामा आफूलाई योजनाबद्ध षड्यन्त्रको आशंका रहेको र यसको छानबिन हुनुपर्ने बताएकी छन् ।
उनलाई मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले स्वागत गरेका थिए । जेनजी आन्दोलनको बलमा शुक्रबार राति उनी अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।









प्रतिक्रिया दिनुहोस् !