२९ भदाै,काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचाररत उनीहरूको शुक्रबार राति र शनिबार मृत्यु भएको हो ।
उपचारमा संलग्न न्युरो सर्जन डा. राजीव झाका अनुसार दुवै जनाको टाउकोमा गोली लागेको थियो। “हामीले उहाँहरूलाई बचाउन सकेनौं,” डा. झाले भने। मृतकको पहिचान भने खुल्न सकेको छैन।
यसअघि, प्रहरी प्रशासनको तथ्यांकअनुसार सोमबार र मंगलबार भएको आन्दोलनमा ५१ जनाको मृत्यु भएको थियो। योसँगै मृतकको संख्या ५० भन्दा बढी पुगेको छ।
यसैबीच, आगलागीका कारण मृत्यु भएका थप शवहरू फेला पर्ने क्रम जारी छ। चाबहिलको चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ वटा शव फेला परेका छन्। शवहरू पूर्ण रूपमा जलेको हुनाले उनीहरूको पनि पहिचान हुन सकेको छैन। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !