२८ भदाै,बारा । प्रमुख राजनीतिक दलहरूले नेपालको संविधान र प्रचलित कानुन विपरीत भन्दै हालै भएको प्रतिनिधि सभा विघटनको निर्णयमाथि गम्भीर असहमति जनाएका छन्।
नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाएका छन्।
उक्त विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गते भएको जेन जी समूहको प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।
दलहरूले जनआन्दोलनको मर्मविपरीत सडकबाट सरकार गठन र प्रतिनिधि सभा विघटन गरिएकोमा आपत्ति जनाउँदै यो कार्यले नेपाली जनताको मताधिकार र संवैधानिक सर्वोच्चतामाथि प्रहार गरेको बताएका छन्।
उनीहरूले संविधानको धारा ७६ (७) र सर्वोच्च अदालतको नजिर विपरीत भएको भन्दै विघटनको निर्णय तत्काल फिर्ता लिई संसदको बैठक बोलाउन माग गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !