२८ भदाै,बारा । नेपाल पत्रकार महासंघ केन्द्रय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन र नयाँ प्रधानमन्त्रीको नियुक्तिलाई अलोकतान्त्रिक र असंवैधानिक कदम भन्दै त्यसको घोर निन्दा गरेको छ।
महासंघले संविधानको व्यवस्था र सर्वोच्च अदालतको स्थापित नजिरविपरीत भएको यो कदमलाई जनमतको अपमान र लोकतन्त्रका लागि अनिष्टको संकेत मानेको छ।
विज्ञप्तिमा भनिएको छ कि यस कदमले गणतन्त्र, संघीयता, समावेशिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकका अधिकार लगायत संविधानले सुनिश्चित गरेका उपलब्धिहरूमाथि आघात पुग्न सक्छ।
महासंघले संविधान र यसबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न सबै पक्षलाई दृढतापूर्वक अगाडि बढ्न पनि आह्वान गरेको छ।
महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा नागरिक अगुवा संस्थाको रूपमा नेपाल पत्रकार महासंघ लोकतन्त्र, संविधानवाद, विधिको शासन र मानव अधिकारको संरक्षणका लागि सधैं वकालत गर्दै आएको कुरा पनि उल्लेख छ।









प्रतिक्रिया दिनुहोस् !