२८ भदाै,बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवाहरू सुचारु गर्ने भएकाे छ।
भाद्र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनीले उपमहानगरपालिका कार्यालय र केही वडा कार्यालयहरूमा क्षति पुगेपछि सेवाहरू स्थगन भएका थिए। अब भाद्र २९ गते आइतबारदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाबाहेक सबै सेवाहरू पूर्ववत् सञ्चालन हुनेछन्।
उपमहानगरपालिकाले सबै शैक्षिक संस्था तथा विद्यालयहरूलाई पनि पठन-पाठन सुचारु गर्न अनुरोध गरेको छ। आगजनीबाट क्षतिग्रस्त भएका वडा नम्बर ११, १२, १३, १४, १५, र १६ का वडा कार्यालयहरूबाट भने सेवा प्रवाह सम्बन्धित वडा समितिले अर्को सूचना प्रकाशित गरेपछि मात्रै सुरु हुनेछ। यो जानकारी उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।









प्रतिक्रिया दिनुहोस् !