२८ भदाै,काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मार्फत नेपाली र हिन्दी दुवै भाषामा शुभकामना सन्देश दिएका हुन्।
उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’
मोदीले नेपालको शान्ति, प्रगति र समृद्धिका लागि भारतको निरन्तर प्रतिबद्धता दोहोर्याएका छन्। यस सन्देशले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !