२७ भदाै,काठमाडौं । सम्भावित संसद विघटनको विरोधमा नेपाली कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ। लोकतन्त्र मास्न पाइँदैन भन्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार गोंगबुदेखि सामाखुशीसम्म नारा-जुलुस निकालेका हुन्।
प्रदर्शनमा सहभागी नेता जगदिश्वर नरसिंह केसीले अहिलेको विषम परिस्थितिमा चुनावी सरकारको आवश्यकता भए पनि संसद विघटन गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने बताए। उनले ‘जेनजी आन्दोलन’ले मुलुकलाई ३० वर्ष पछाडि धकेलेको पनि आरोप लगाए।
जुलुसमा सहभागीहरूले ‘संविधानको रक्षा गर,’ ‘लोकतन्त्र मास्न पाइँदैन,’ र ‘संसद विघटन गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।









प्रतिक्रिया दिनुहोस् !