ईर्साद अन्सारी
२६ भदाै,बारा । जिल्लाभरि लगाइएको निषेधाज्ञा र कर्फ्यू हटाइएपनि जिल्ला प्रशासन कार्यालय बाराका नियमित सेवाहरू अझै बन्द रहने भएका छन्।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सबै सेवाहरू भदौ २७ गतेसम्मका लागि बन्द रहने जानकारी दिनुभएको छ।
यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमा मागेको छ। पौडेलले हाल जिल्लाभर निषेधित क्षेत्र वा कर्फ्यूको अवस्था नरहेको व्यहोरा पनि उल्लेख गर्नुभएको छ।









प्रतिक्रिया दिनुहोस् !