२५ भदाै,काठमा्डाैं । काठमाडौं। नेपाली सेनाले ‘Gen Z’ आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा फेला परेका अनाधिकृत हातहतियार, गोलीगठ्ठा तथा सुरक्षा सामग्रीहरू नजिकको सुरक्षा निकायमा यथाशीघ्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता हतियारको दुरुपयोगले जनधनको क्षति हुन सक्ने भन्दै यसबारे जानकारी पाएका व्यक्तिहरूलाई पनि सुरक्षा निकायमा खबर गर्न र सम्बन्धित व्यक्तिलाई हतियार बुझाउन प्रेरित गर्न अनुरोध गरेको छ।
साथै, सेनाले यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायको पोशाकको अनाधिकृत प्रयोग नगर्न पनि आग्रह गरेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार तोकिएको समयभित्र हतियार नबुझाउने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।









प्रतिक्रिया दिनुहोस् !